राष्ट्रिय समाचार हिंसा

धनुषाबाट झण्डै २१ किलो गाँजा बरामद

धनुषाबाट शुक्रबार राति २० किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण हेडक्वार्टर धनुषाका अनुसार जिल्लाको विदेह नगरपालिका ५ बाट उक्त गाँजा बरामद भएको हो ।

एकराहीबाट सराबेतर्फ गाँजा लग्दै गरेका तीन जना व्यक्तिले ड्यूटिमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजाको पोका फालेर फरार भएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

बेरिएको प्लाष्टिकको झोलाभित्र मेसिनले पेलेर प्याक गरिएको गाँजा बरामद भएको उनले बताए । आवश्यक प्रकृया पूरा गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाइने खड्काले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ