अन्तराष्ट्रिय समाचार स्वास्थ्य

दुई अमेरिकी वैज्ञानिकले १४ वर्ष पहिले ल्याएका थिए सामाजिक दुरीको प्रस्ताव, अधिकारीहरुले खिल्ली उडाए

कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिका हो । यहाँ, अहिलेसम्म ६० हजार मानिसको मृत्यु भइसकेको छ । यदि १४ वर्ष पहिले केही वरिष्ठ अधिकारीहरुले गरेको सोशल डिस्टेन्सिङ कानून (संघीय नीति) प्रस्ताव खारेज नगरिएको भए यस्तो त्रासदी रोक्न सकिन्थ्यों ।

अमेरिकाका दुई वरिष्ठ सरकारी चिकित्सक डाक्टर रिचर्ड हैसे र डाक्टर कार्टर मेकरल यस’bout जानकारी दिएका छन् ।

डाक्टर हैसे क्यान्सर विशेषज्ञ सल्लाकारका रुपमा ह्वाइटहाउसमा कार्यरत छन् भने डाक्टर मेकर भेन्ट्रन्स अफेयर्स विभागमा चिकित्सकका रुमपा कार्यरत छन् । दुबैले न्युर्योक टाइम्स पत्रिकासँग अमेरिकामा सामाजिक दुरी नीतिको जन्म र यसको खारेजीको कथा सुनाएका छन् ।

डाक्टर मेकर भन्छन् –
यो करिब १४ वर्ष पहिलेको कुरा हुनुपर्छ । म र डाक्टर हैशे वासिङटनको उपनगरीयस्थित बर्गर पसलमा आफ्ना केही सहयोगीसँगै भेट गथ्र्यौं । यो भेट सामाजिक दूरी प्रस्तावको अन्तिम समीक्षासँग जोडिएको थियो, यस भेटमा यो तय गर्नु थियो कि आगामी समय अमेरिकामा कुनै महामारी देखियो भने मानिसले सामाजिक दूरी कायम गर्नेछन् र घरबाटै काम गर्नेछन् ।

हामीले यो प्रस्ताव सरकारसामु पेश ग¥यौं, तर कर्मचारीतन्त्रले साथ दिएन । वरिष्ठ अधिकारीहरुले यसलाई शंकाको नजरले मात्रै हेरेनन्, हाम्रो खिल्ली पनि उडाए । अन्य अमेरिकीहरु जस्तै समीक्षा गर्न आएका अधिकारीहरु पनि औषधी उद्योगप्रति आश्वस्त देखिन्थ्यें । उनीहरुको जोड कुनै पनि महामारीबाट बच्नका लागि घरमा थुनिएर बस्नुभन्दा स्वास्थ चुनौती सामना गर्दै उपचारका लागि नयाँ तरिका आविस्कार गर्नुपर्छ भन्नेमै थियो ।

अव्यवहारिक भन्दै अस्वीकार
डाक्टर हैशेका अनुसार कोरोना भाइरस विश्वका लागि बिलकुल नयाँ हो । यो कहाँबाट आयो ? कसरी रोकिनेछ ? यसको उपचार के हो ? कसँगैसँग पनि ठोस जवाफ छैन ।

तर एउटा कुरा एक सय प्रतिशत प्रमाणित भइसकेको छ कि यसलाई (सामाजिक दूरी) सोशल डिस्टेन्सिङबाटै रोक्न सकिन्छ ।

धेरै देशले यसलाई हतियारका रुपमा अपनाएका छन् । कुनै पनि महामारीबाट बच्ने सबैभन्दा राम्रो उपचार सोशल डिस्टेन्सिङ नै हो ।

यस्तो गर्दा संक्रमण र मृत्यु दर निकै कम हुन्छ ।

हैशे भन्छन्, ‘म र डाक्टर मेकरले यही कुरामा जोड दिइरहेका थियौं । जुन सोशल डिस्टेन्सिङसँग मानिस आज परिचित छन् वा अभ्यस छन्, खासमा यसलाई मध्यकालदेखि नै अपनाउने गरिएको थियो । २००६–०७ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस प्रशासन समक्ष हामीले एक प्रस्ताव राखेका थियौं कि देशमा आगामी संक्रामक रोगसँग जुध्नका लागि सोशल डिस्टेन्सिङभन्दा राम्रो अर्को दोस्रो विकल्प हुनेछैन, तर संघीय कर्मचारीले त्यतिबेला यसलाई अव्यवहारिक, आवश्यकता नभएको र राजनीतिक रुपबाट दूरदर्शी नभएको भन्दै अस्विकार गरे ।’

यी बालिकाबाट मिलेको थियो आइडिया
डाक्टर मेकरका अनुसार इन्फ्लुएन्जाको नयाँ प्रकोप र टेमीफलुजस्तो औषधीले सबै संक्रमितलाई ठिक गर्न नसकेको यथार्थलाई ध्यानमा राख्दै उनी र डाक्टर हैसेको टिम संक्रमणसँग जुध्नका लागि अन्य तरिकाको खोजीमा लागेका थिए ।

यही क्रममा डाक्टर मेकरले आफ्ना मिल्ने साथी न्यु मेक्सिकोस्थित स्यान्डिया नेशनल ल्याबोरेटरीका वरिष्ठ वैज्ञानिक रोबर्ट ग्लाससँग नयाँ काम’bout कुराकानी गरेका थिए । ग्लासकी १४ वर्षीय छोरी लारा आफ्नो अबलुकर्क हाईस्कुलमा सोशल नेटवर्कको एक प्रोजेक्ट बनाउँदै थिइन् । जब डाक्टर ग्लासले छोरीले काम गरिरहेको देखें, त्यसपछि उनको जिज्ञासा बढ्यो ।

स्कुलका बच्चा जो सामाजिक कार्यक्रम, भीड, स्कुल बस र कक्षाहरुमा एक अर्कासँग जोडिएका हुन्छन्, महामारीका दौरान एकबाट अर्कोमा संक्रमण फैलाउने संवाहक बन्नसक्छन् भन्ने प्रोजेक्टमा उल्लेख थियो । डाक्टर ग्लासले आफ्नी छोरीको यस प्रोजेक्टको माध्यमबाट यो पत्ता लगाए कि यस्तो आपस िसम्पर्कलाई तोडेर नै संक्रामक रोगको खतरा कम गर्न सकिन्छ । उनको अध्ययन छक पार्ने खालको थियो ।
१० हजार जनसंख्याको शहरको स्कुल बन्द गर्दा केवल ५ सय मानिस संक्रमित हुनसक्छन्, जबकी सारा स्कुल खुला राख्दा शहरको आधा जनसंख्या संक्रमित हुनेछ ।

‘मलाई जब यो अध्ययन’bout थाहा भयो, तब म चकित भएँ,’ डाक्टर मेकरले भने, ‘डाक्टर हैशेसँगै मैले कक्षाकोठा र स्कुल बसमा विद्यार्थीबीचको दूरी (कम से कम एक मिटर) ’bout जानकारी पाएँ । कुनै पनि महामारीमा क्षतीलाई कम गर्नका लागि सोशल डिस्टेन्सिङलाई कुन तरिका र कुन समय लागु गर्नुपर्छ भन्ने विषयमा हामीले गहन चर्चा ग¥यौं ।’

उनले थपे, ‘खासमा यदी डाक्टर ग्लाससँग कुरा हुँदैन थियो र उनकी छोरीले प्रोजेक्ट बनाएकी थिइनन् भने हामी सोशल डिस्टेनिसङ प्रस्तावको ड्राफ्ट तयार गर्न सक्दैन थियौं ।’

बुसले बनाउन चाहन्थ्ये नियम

डाक्टर हैशेका अनुसार २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि वैश्विक आतंकवादबाट आतंकित बनेका बुसले यस दौरान जोन बेरीको पुस्तक ‘द ग्रेट इन्फ्लुएन्जा’ पढे, यो पुस्तक १९१८ को स्पेनिस फ्लु’bout थियो ।

त्यही वर्ष भियतनाममा बर्ड फ्लू समेत केही संक्रामक रोगले उनको आशंकालाई थप बढाइदियो, यतिबेला पशुपन्छीबाट मानिस संक्रमित भइरहेका थिए ।
बुस चाहन्थ्यें, कुनै पनि महामारीबाट बच्नका लागि अमेरिकासँग ठोस रणनीति हुनुपर्छ ।

२००५ मा नेशनल इन्स्टीच्युट अफ हेल्थको एक कार्यक्रममा उनले यस’bout बिस्तार चर्चा पनि गरेका थिए । बुसकै नीति अनुसार हैशे र मेकरले सरकार समक्ष प्रस्ताव लगेका थिए बुस स्वयंम्ले सामाजिक दूरी अवधारणाको प्रशंशा पनि गरेका थिए ।

बाराक ओबामा प्रशासनले ५ वर्षसम्मको समिक्षापछि २०१७ मा यसलाई दस्तावेजीकरण ग¥यो, तर वर्तमान डोनाल्ड ट्रम्प प्रशासनले यसमा कहिल्यै ध्यान दिएन । ट्रम्प आफैंले कोभीड–१९ को खतरालाई कम आँके र उनको सरकारले भाइरसको चेतावनीलाई नसुन्दा खतरा अत्याधिक बढ्यो, जब संक्रमण र मृत्युको घटना बढ्यो, तबमात्रै ट्रम्पले राज्यलाई लकडाउन (सोशल डिस्टेन्सिङको एक प्रारुप) का लागि प्रोत्साहन गरे ।

डा हैशे भन्छन्, ‘१४ वर्षअघि यदी हामीलाई भद्दा शब्द ‘शटअप’ प्रयोग गरेर अपमानित नगरिउको भए सायद आज अमेरिकामा सोशल डिस्टेन्सिङले संघीय नीतिको रुप लिइसकेको हुन्थ्यों र यसलाई कुनै पनि महामारीका दौरान लागू गर्न सकिन्थ्यों ।’

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ