अन्तराष्ट्रिय राजनीती समाचार

दक्षिण चीन समुद्रमा चीन र अमेरिकाबीच भिडन्तको खतरा बढ्दै

चीनले दक्षिण चीन समुद्रमा सैन्यशक्ति प्रदर्शन गर्दै त्यहाँको जमीन र तेलखानीमा दाबी गरेको छ ।

चीनको कदमपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तत्काल प्रतिक्रिया जनाउँदै उक्त क्षेत्रमा तीनवटा युद्धपोत पठाएका छन् ।

चीनले उक्त समुद्रमा टापु र रीफहरूलाई सैन्यीकरण गर्दै त्यहाँ तेल र खनिज क्षेत्रको दोहन गर्ने योजना बनाएको छ । उक्त क्षेत्रमा आणविक रियाक्टरहरू बनाउने अपेक्षा चीनले गरेको छ ।

त्यसैले अब दक्षिण चीन समुद्रमा चीन, अमेरिका र रुसबीच युद्ध हुने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । चीनका रक्षामन्त्री जनरल वेइ फेङहेले अमेरिकासँग युद्ध भएमा जुनसुकै मूल्य चुकाउनुपरे पनि लड्ने बताए ।

यससँगै मलेसिया, फिलिपिन्स, भियतनाम, ताइवान र ब्रुनाई पनि यस लडाइँमा मिसिने सम्भावना छ ।

दक्षिण चीन समुद्र वैश्विक अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण छ । यहाँ संसारकै सबभन्दा बढी मालवाहक जहाजहरू हिँड्छन् । वर्षको साढे तीन अर्ब डलरभन्दा बढीको कारोबार यहीँ हुन्छ ।

अहिलेको विवादको जरो सन् १९४७ सम्म पुग्छ । दोस्रो विश्वयुद्ध सकिने गरी जापानले आत्मसमर्पण गरेपछि बेइजिङल नौ धर्के रेखा कोर्दै दक्षिण चीन समुद्रको ९० प्रतिशत भाग आफूसँग रहेको दाबी गरेको थियो ।

यसले अन्य मुलुकहरूलाई आक्रोशित बनाएपछि सामुद्रिक कानून समबन्धी राष्ट्रसंघीय महासन्धिसमक्ष उजुरी गरे ।

विशेषगरी स्पय्राट्ली र पारासेल टापुसमूहको स्वामित्वका विषयमा उक्त क्षेत्रका देशहरूको दाबी छ ।

चीनले तीनवटा रीफहरूमा सैन्य अड्डा समेत बनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ