समाचार हिंसा

तरकारी किन्न हिँडेका युवा फेवातालमा मृत फेला

शनिबार बिहान तरिकारी किन्न भनि घरबाट निस्किएका युवा फेवातालमा मृत अवस्थामा भेटिएका छन् ।

सराङ्गकोटका ४० वर्षीय राजु बास्तोला आइतबार फेवातालमा तैरिरहेको अवस्थामा फेला परेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले बताए ।

पोखराको विन्ध्यवासिनीमा बस्दै आएका बास्तोला फेवाताल कसरी पुगे भन्ने ’bout अनुसन्धान भइरहेको प्रवक्ता केसीले बताए ।

फेवातालमा शुक्रबार पनि एक जना व्यक्ति मृत अवस्थामा फेला परेका थिए । उनको अहिलेसम्म पनि सनाखत हुन नसकेको कास्की प्रहरीले जनायो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ