अन्तराष्ट्रिय समाचार

जापानमा आपतकाल २१ दिन लम्बियो

जापानमा कोरोना भाइरस (कोभिड–१९) को कारण घोषणा गरिएको आपतकालीन अवस्था मे ३१ सम्म लम्ब्याइएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको आपतकालीन अवस्था मे महिनाभर जारी रहने घोषणा गरेका हुन् ।

हाल लगाइएको संकटकाल मे ७ अर्थात आउँदो बिहीबार सकिँदैछ । त्यसपछि थप २१ दिनका लागि सं‌कटकाल थपिएको हो ।

प्रधानमन्त्री आबेले कोरोना भाइरस नियन्त्रणको लागि बनाइएको सरकारी कार्यदलसँगको बैठकपछि मे महिनाभर आपतकाल जारी राख्ने घोषणा गरेका हुन् । बैठकले कोरोना भाइरस नियन्त्रणको लागि जापानमा आपतकाल जारी राख्नु जरुरी रहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री आबेले अहिले लम्ब्याइएको लकडाउनको अवधिमा मुलुकमा आपतकाल अन्त्य गर्न चालिने आगामी कदम’bout तयारी गरिने बताएका छन् । उनले सबै मानिसलाई भौतिक दूरी कायम राख्न पनि आग्रह गरेका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म जापानमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या १४ हजार आठ सय ७७ पुगेको छ भने चार सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ