आर्थिक शान्ति समाचार

चुरे क्षेत्र संरक्षणको लागि नेपाललाई झण्डै ४० मिलियन डलर अनुदान

चुरे क्षेत्रको दिगो सुधारको लागि नेपालले झण्डै ४० मिलियन डलर अनुदान पाउने भएको छ ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको ‘द ग्रीन क्लाइमेट फण्ड’ र खाद्य तथा कृषि सङ्गठनले नेपाललाई ३९ दशलमव ३ मिलियन डलर अनुदान दिने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।

विल्डिङ रेसिस्टेन्स चुरे रिजन इन नेपाल (बीआरसीआएन) परियोजनामार्फत यो रकम खर्च हुनेछ । यो रकम नेपालकै बजेटरी प्रणालीमार्फत खर्च हुनेछ । चुरे क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव कम गर्ने र प्रभावित परिवारलाई संरक्षण गरेर दिगो विकास गर्न यो कार्यक्रम लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम अन्तर्गत प्रदेश एक, दुई र वाग्मती प्रदेशका २६ वटा नदी प्रणालीको सुधार गर्ने र दुई लाख ६ हजार परिवारलाई समेटिने सम्झौतामा उल्लेख छ । यो कार्यक्रम साढे ६ वर्षमा पूरा हुनेछ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ