अन्तराष्ट्रिय मनोरंजन समाचार हिंसा

गुलशन कुमारलाई हानिएको थियो १६ वटा गोलीः हत्याराले भनेका थिए, ‘धेरै भयो पूजापाठ’

मुम्बईका पूर्व पुलिस कमिश्नर राकेश मारियाले गुलशन कुमार हत्याकाण्ड’bout लेखिएको आफ्नो किताब ‘लेट मी से इट नाउ’ मा क्राइम ब्रान्चलाई गुलशन कुमारको हत्याको योजना’bout पूर्व जानकारी भएको बताएका छन् ।

राकेश मारियाले आफ्नो किताबमा लेखे अनुसार २२ अप्रिल सन् १९९७ मा उनलाई एउटा फोन आयो जसमा गुलशन कुमारको हत्याको योजना बनाइएको जानकारी दिइएको थियो । कसले बनाएको छ हत्याको योजना भनेर सोध्दा फोन गर्ने व्यक्तिले भनेका थिए, ‘अबू सुलेम र उनलाई शिव मन्दिर जाने बेला नै हत्या गरिने योजना छ ।’

गुलशन कुमारको आज जन्म जयन्ती हो । आजकै दिन उनको जन्म एक पंजाबी परिवारमा भएको थियो । उनको पिताको जुसको पसल थियो । तर गुलशन कुमार यति ठूला व्यक्तित्व बने कि उनलाई अन्डरवर्ल्ड डनले पिछा नै गरे । आउनुहोस्, आज उनको जन्मजयन्तीको मौकामा उनी’bout केही जानकारी लिऔं ।

अत्यधिक सफल तर अत्यन्त पीडादायी अन्त्यः

क्यासेट किङको नामबाट चर्चित टी सिरिज कम्पनीका मालिक गुलशन कुमारको कहानी कुनै फिल्मको भन्दा कम छैन । गुलशन कुमारको संगीत वा व्यापारसँग कुनै सरोकार थिएन । कुनै बेला उनी आफ्नो बुवासँग दिल्लीको दरियागंजमा जूस पसल चलाउँथे । उनको भाग्य एकाएक फेरियो जसका कारण उनी जूस बेच्ने व्यापारीबाट क्यासेट किङ बने । ८० को दशकमा उनले टी सिरिजको स्थापना गरे र ९० को दशकसम्म उनी क्यासेट किङको नामबाट चर्चित भइसकेका थिए । टि सिरिज करोडौंको कम्पनी बनिसकेको थियो ।

वैष्णोदेवीको भक्तको मन्दिर बाहिर भयो हत्याः

गुलशन कुमार वैष्णो देवीका भक्त थिए । वैष्णो देवीमा उनको गहिरो आस्था थियो । उनले वैष्णो देवीमा आउने भक्तजनहरुको सुविधाका लागि धेरै नै काम गराए । साथै उनी हरेक दिन पश्चिमी मुम्बईको अंधेरी इलाकामा जीतनगरको जीतेश्वर महादेव मन्दिर जाने गर्दथे । १२ अगस्ट सन् १९९७ को बिहान करिब ८ बजे गुलशन कुमार पूजा गर्न मन्दिर पुगेका थिए ।

हत्या हुने दिन बिहान गुलशन कुमारले बिहान ७ बजे एक निर्मातालाई फोन गरेका थिए । उनले एक गायक र साथीलाई भटेपछि मन्दिर जाने र त्यसपछि ती निर्मातालाई भेट्न आउने जानकारी दिए । गुलशन कुमारको यो फोनको तीन घण्टापछि जितेश्वर मन्दिर बाहिर उनको गोली हानी हत्या गरिएको भन्ने खबर फैलियो । उनको हत्याको खबरले सनसनी फैलियो ।

लाग्यो १६ वटा गोलीः

गुलशन कुमारलाई १६ वटा गोली लागेको थियो । करिब साढे १० बजेको समय होला । गुलशन कुमार मन्दिरमा पूजा गरेर बाहिर निस्किएका थिए । त्यतिबेला उनले आफ्नो पिठ्युँमा बन्दुकको नाल महसुस गरे । उनले आफू अघिल्तिर उभिएको व्यक्तिको हातमा बन्दुक देखे । उनले सोधे, ‘यो के भइरहेको छ ?’ जवाफ आयो, ‘धेरै भयो पूजा पाठ । अब माथि गएर गर्नु ।’ त्यसलगत्तै उनमाथि गोली बर्साइयो ।

उनीमाथि १६ राउन्ड फायरिङ गरियो । उनको गर्धन र पिठ्युँमा १६ वटा गोली लागेको थियो । बच्नका लागि उनले वरिपरिको घरको ढोका ढक्कढकाए तर कसैले पनि ढोका खोलेनन् । त्यतिबेला गुलशन कुमारसँग उनका ड्राइभरमात्रै थिए । ड्राइभरले आफ्नो मालिकलाई बचाउनका लागि हत्यारामाथि कलश फ्याँक्न सुरु गरे तर उनीहरु रोकिएनन् । उनीहरुले ड्राइभरको खुट्टामा पनि गोली हाने ।

गुलशन कुमारको हत्या हुनुमा कहाँ भयो गल्ती ?

गुलशन कुमारलाई सुरक्षा उपलब्ध गराइएको थियो । तर उनाई मुम्बई पुलिसको साटो युपी पुलिसको सुरक्षा प्रदान गरिएको थियो । जुन दिन गुलशन कुमारको हत्या भयो, त्यसदिन उनका अंगरक्षक पनि बिरामी थिए तसर्थ उनीसँग जान सकेनन् । मारियाले आफ्नो किताबमा लेखे अनुसार क्राइम ब्रान्चले उनलाई सुरक्षा उपलब्ध गराएको थियो तर जब युपी पुलिसले उनलाई कमान्डो सिक्योरिटी उपलब्ध गरायो तब मुम्बई क्राइम ब्रान्चले आफ्नो सुरक्षा फिर्ता लियो ।

कसले गरेको थियो गुलशन कुमारको हत्या ?

गुलशन कुमारको हत्यामा अन्डरवर्ल्ड डन दाउद इब्राहिम र अबू सलेमको नाम दिइन्छ । दाउदले गुलशनसँग १० करोड माग गरेको बताइन्छ । गुलशनले उक्त रकम दिन अस्विकार गर्दै पैसा दाउदको साटो वैष्णो देवीमा भण्डार गर्ने बताएका थिए । त्यसपछि नै उनको हत्या गरिएको बताइन्छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ