अन्तराष्ट्रिय लेख समाचार स्वास्थ्य

गर्भावस्थामा ख्याल राख्नैपर्ने केही कुराहरु

गर्भावस्था आफैमा एक संवेदनशिल अवस्था हो । यतिबेला गर्भवतीमा केही शारीरिक र मानसिक परिवर्तन देखिन्छ । त्यसैले यसबेला गर्भवतीले आफ्नो स्वास्थ्यमा बढी नै ख्याल राख्नुपर्छ । गर्भवती मात्र होइन, उनका श्रीमान र परिवारमा यो जिम्मेवारी अरु बढी हुन्छ ।

त्यसैले गर्भवतीका लागि घरको माहौल कस्तो बनाउने ? पारिवारिक वातावरण कस्तो बनाउने ? गर्भवतीलाई कसरी खुसी र निर्धक्क राख्ने भन्ने कुरामा परिवारका सदस्यहरुले सोच्नुपर्छ । साथै गर्भावस्था’bout विभिन्न भ्रम छन्, त्यस्ता भ्रमको पछि लाग्नु हुँदैन ।

गर्भावस्थाको पहिलो चरण

गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु , वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो । तर महिनावारी रोकिएको कति दिनसम्म पनि महिलालाई आफु गर्भवती भएको थाहा नपाउन सक्छन् ।

जबकी स्तन भारी हुनु, कुनै काम नगरे पनि थकान महसुस हुनु पनि गर्भावस्थाको लक्षण हो । यसबाहेक पनि, गर्भावस्थाका अन्य थुप्रै प्रारम्भिक लक्षण छन्, जस’bout ध्यान दिएर पनि महिलाहरुले आफू गर्भवती भए, नभएको सजिलै थाहा पाउन सक्छन् ।

जब श्रीमती गर्भवती हुन्छन्

गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा दम्पतीले धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।

गल्ती के हुन्छ भने, अक्सर दम्पती पारिवारिक जीवनमा राम्ररी एडजस्ट नहुँदै बच्चा जन्माउने तयारी गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव, ठाकठुक पर्छ । उनीहरु भनाभन गर्छन्, झै–झगडा गर्छन् । यसको सोझो प्रभाव गर्भको बच्चालाई पर्छ ।

गर्भवतीको मनमा पैदा हुने वेचैनी, आवेग, आक्रोस, पीडा, वेदनाले समेत गर्भको बच्चालाई असर गर्छ । त्यही कारण गर्भ रहेदेखि नै महिलाले मनलाई शान्त तुल्याउनुपर्छ, खुसी हुनुपर्छ । सकारात्मक हुनुपर्छ ।

श्रीमानको भूमिका

श्रीमती जब गर्भवती हुन्छे, श्रीमान्ले आफ्नो दायित्व बोध गर्नुपर्छ । श्रीमतीको गर्भबाट जन्म लिने बच्चा दुबैको हो । त्यसमा दुबैको समान हक लाग्छ । दुबैले त्यसबाट उत्तिनै सन्तान सुख प्राप्त गर्छन् । तर, गर्भमा बच्चा हुर्काउनुपर्छ महिलाले । प्रसव पीडा सहनुपर्छ महिलाले । ज्यानको बाजी लगाउनुपर्छ महिलाले ।

महिला त्यसैपनि संवेदनशिल हुन्छन् । आफ्नो गर्भमा बच्चा हुर्काइरहँदा उनीहरुको मनोदशा कस्तो हुन्छ होला ? त्यसमाथि परिवारले उनको भावना बुझिदिएन भने ? उनलाई आत्मिय साथ र सहयोग मिलेन भने ?

एक महिलाका लागि आमा हुन वास्तवमै कठिन काम हो । यस्तो अवस्थामा उनको मनोभावलाई बुझ्ने सबैभन्दा नजिकको मान्छे भनेका श्रीमान् नै हुन् । यसर्थ श्रीमान्ले आफ्ना श्रीमतीको सुख र खुसीका लागि आवश्यक बन्दोबस्ती मिलाइदिनुपर्छ ।

श्रीमतीलाई कस्तो वातावरण दिने ? कसरी खुसी तुल्याउने ? कसरी शान्त राख्ने ? कसरी उनको मनबाट भय हटाउने ? यी सबै कुरामा श्रीमान्ले खास भूमिका खेल्नुपर्ने हुन्छ ।

गर्भवतीको लागि स्वास्थ्य दिनचर्या

गर्भवतीको स्वास्थ्यसँग गर्भमा हुर्कने बच्चाको स्वास्थ्यको गहिरो प्रभाव रहनछ । साथै गर्भवतीको सोंच–चिन्तनले पनि गर्भको बच्चामा प्रभाव पार्छ । यो तथ्यलाई बुझेर श्रीमान् तथा उनका घर परिवारले यस्तो माहौल तयार गरिदिनुपर्छ, जहाँ गर्भवतीले उन्मुक्त रमाउन सकोस् । सधै खुसी र शान्त रहन सकोस् ।

गर्भवती तनावरहित हुनुपर्छ । यसका लागि ध्यान, प्राणायाम जस्ता विधी पनि उपयोगी हुन्छ । यसका लागि श्रीमानले प्रेरित गर्न सक्छन् । गर्भावस्थामा गरिने केही योग आसन र व्यायाम हुन्छन् । नियमित व्यायामले गर्भवतीको स्वास्थ्य राम्रो बनाउँछ । यसका साथै खानपान पनि स्वस्थ्य, सन्तुलित, पोषकयुक्त हुनुपर्छ । अप्राकृतिक खानेकुराबाट बच्नुपर्छ । पर्याप्त पानी पिउने, आरम गर्ने, गहिरो निद्रा लिने जस्ता कार्यले पनि गर्भवतीको स्वस्थ्य राम्रो हुन्छ ।

गर्भावस्थामा संगीत

सैंद्धान्तिक रुपमा ध्वनीको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकाश गराउनेमा हुन्छ । ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ मडिकल युनिर्भसिटीले २३६ गर्भवती महिलाहरुमा गरिएको अध्ययन अनुसार गर्भवस्थामा दुई हप्ता मात्र पनि संगीत सुन्नाले गर्भवती महिलाहरुलाई तनाव मुक्त बनाउन मद्दत ग¥यो ।

गर्भावस्थामा संगीत सुन्ने नया प्रयोग चाहि होइन । थाहा भएर वा नभएर पनि गर्भावस्थामा भजन तथा विभिन्न किसिमका मेलोडिहरु सुन्ने प्रचलन हाम्रो समाजमा पहिले देखि नै रहेको छ ।

विकसित मुलुकहरुमा सन १९९० तिर देखी नै गर्भको बच्चाका लागी गर्भवतीहरुले “ओम्व म्युजिक” अर्थात गर्भ संगीत सुन्ने गरेको पाईएको छ । समान्यतयाः गर्भको बच्चा ५ महिना भईसकेपछि, उनको सुन्ने शक्तिको विकास भई सकेको हुन्छ । त्यसैले गर्भको भ्रुणले पनि २० हप्ताको अवधी पछि संगीत सुन्न सक्ने अनुमान विज्ञहरुको रहेको छ ।

केही सावधानी

गर्भावस्थमा कतिपय शारीरिक परिवर्तन हुन्छन् । यद्यपि ति सबै किसिमका परिवर्तन सामान्य नहुन सक्छ । त्यसैले गर्भावस्थाका शारीरिक परिवर्तन कुन किसिमको हो ? सामान्य वा जटिल ? बुझ्नुपर्छ ।

गर्भावस्थामा वान्ता

गर्भावस्थामा अत्याधिक वान्ता हुनु, वान्ताका कारण शरिर निकै कमजोर हुनु वा थप समस्या देखापर्नु तथा यसको उपचार गर्नुपर्ने अवस्थालाई हाइपरईमेसिस् ग्राभिडम् भनिन्छ । हाईपरईमेसिस ग्राभिडम प्रायः पहिलो पटकको गर्भमा बढि भएको पाईन्छ । गर्भमा एक भन्दा बढी शिशु अर्थात जुम्लिया गर्भ रहेमा तथा अव्यवस्थित गर्भ रहेमा पनि वान्ता बढि हुने गरेको देखिन्छ ।

एच.सि.जि. हर्मोन बढ्ने कारणहरु धेरै हुन्छन् र कति अवस्थामा यो हर्मोन बढ्नुको कारण पता लगाउन पनि सकिदैन । यस बाहेक भिटामिन वी वा प्राटिनको कमी हुनु तथा मानसिक तनावहरुले हाइपरईमेसिस् ग्राभिडम् गराउन सक्छन । गर्भावस्थामा पनि अन्य अवस्थाको जस्तै बिभिन्न रोगहरु जस्तै पिसाबको संझमण, पेटको अल्सर एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजको संक्रमण आदिले वान्ता गराउन सक्छ । गर्भावस्थामा अनि त्यसमा पनि पहिलो तिन महिना खानामा बिशेष ध्यान पु¥याउनु पर्छ ।

खान मन न लाग्नु अनि वाकवाक लाग्ने भएर नि खानामा बिचार गर्नु पर्छ । मौसम अनुसारको फलफुल, दहि, ड्रायफ्रट्स (काजु,पिष्ता,बदाम), माछामासु, अण्डा र पानी प्रसष्त खानुपर्छ । सादा पानी नरुचेको अवस्थामा कागती, ग्लुकोज वा अन्य जुसहरु प्रयोग गर्न सकिन्छ । अलिअलि वान्ता भएर आत्तिनु हुदैन तर समान्य भन्दा बढि वान्ता भएमा तुरुन्त डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ