राष्ट्रिय समाचार हिंसा

खानीबाट ढुंगा निकाल्दा लडेर एक जनाको मृत्यु

डडेल्धुरामा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वार गाउँपालिका–४ ढिमलाका ४५ वर्षीय कृष्णदत्त चटौत रहेका छन्।

शनिबार बिहान साढे ९ बजेतिर ढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको डडेल्धुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार ढुंगा निकाल्ने क्रममा लडेर गम्भीर घाइते भएका चटौतलाई डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शवलाई पोस्टर्माटका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ