अन्तराष्ट्रिय आर्थिक समाचार

कोरोना संकट : साउदी अरबमा तीन गुणा बढ्यो कर, कर्मचारीको भत्ता रोकियो

कोरोनाभाइरस संक्रमणको कारण प्रभावित बनेको अर्थव्यवस्थाको स्थिति सुधार गर्नका लागि लागि साउदी अरबले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणाले बढाउने निर्णय गरेको छ । यसको साथसाथै वित्तीय घाटा कम गर्न सरकारले सरकारी कर्मचारीहरुले पाउने जीवनयापन भत्तामा पनि रोक लगाएको छ ।

तेलको धनी साउदीले कोरोनाभाइरसको महामारीका कारण विश्वभर लागू गरिएको लकडाउनका कारण तेलको मूल्यमा आएको भारी गिरावटका कारण ठूलो नोक्सानी झेल्न परिरहेको छ ।

साउदी अरबले दुई वर्षअघि मात्र भ्याट लागू गरेको थियो । साउदीको सरकारी न्यूज एजेन्सीको रिपोर्ट अनुसार भ्याटको दर पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ । नयाँ कर १ जुलाईबाट लागू हुनेछ ।

अर्थमन्त्री मोहम्मद अल जादन भन्छन्, ‘यी बदलाव कठिन छन् र दीर्घकालिन रुपमा हेर्नुभयो भने यो वित्तीय तथा आर्थिक स्थिरताका लागि अत्यन्त जरुरी छ । यसबाट हामी कोरोनाभाइरसको संकटको विषम परिस्थितिबाट पैदा भएको हालातबाट कम से कम नोक्सानीका साथ उठ्न सक्छौँ ।’

अहिले साउदीमा सरकारी खर्च आम्दानीभन्दा बढी भएको छ । यस वर्षको पहिलो तीन महिनामा नै साउदीको बजेट घाटा ९ अर्ब डलर पुगेको छ । यसको पछाडिको सबैभन्दा ठूलो कारण भनेको कच्चा तेलको मूल्यमा आएको भारी गिरावट हो । पहिलो त्रैमासिकमा तेलको मूल्यमा कमी आयो जसको असर साउदीको अर्थव्यवस्थामा परेको छ । तेलको मूल्य गिरावाटका कारण राजश्वमा २२ प्रतिशतले कमी आएको छ ।

साउदी अरबमा अहिले कोरोनाभाइरसबाट ३९ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ