अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना विपत्ति’bout चीनमाथि शंका, तर टकराव लिन डराउँदैछन् युरोपेली मुलुक

युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरुले अमेरिकाकै शैलीमा चीनमाथि कोरोना (कोभिड–१९) बाट ज्यान गुमाउनेहरुको एकीन आंकडा लुकाएको शंका गरिरहेका छन्। तर उनीहरुले चीनमाथि खुलमखुला यस्तो आरोप लगाउन डराइरहेका छन्। आफ्नो स्थिति मजबूत बनाउन चीनले संकटको समयलाई प्रयोग गर्नसक्ने चिन्तामा रहेको युरोपेली अधिकारीहरु यस’bout खुलेर बोल्न नचाहनुको पछाडि त्यहाँ व्यापक बनिरहेको चिनियाँ उपस्थिति नै प्रमुख कारण हो। बीबीसीका अनुसार चीनले सूचना लुकाएको भन्ने पश्चिमी आरोपलाई अस्वीकार गरेको छ र कोरोनाविरुद्धको लडाइँमा पूर्ण पारदर्शीता अपनाएको बताउने गरेको छ। चिनियाँ अधिकारीहरुले १७ अप्रिलमा कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या साविकको भन्दा ५० प्रतिशत बढी रहेको बताएका थिए। अस्पताल बाहिरै ज्यान गुमाएका मानिसहरुको संख्या समेत जोड्दा हताहत हुनेको आंकडा बढेको उनीहरुले दावी गरेका थिए। कोरोना भाइरस पहिलोपटक चीनको उहान शहरमा भेटिएको थियो। पश्चिमा अधिकारीहरुका अनुसार चीनका स्थानीय सरकारी अधिकारीहरुले कोरोनाबाट ज्यान गुमाउनेको संख्या केन्द्र सरकारसँगको डरका कारण लुकाइरहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ