अन्तराष्ट्रिय बिज्ञान समाचार

कोरोना महामारी र आइन्सटाइनको ‘पेन वेभ थ्यौरी’

अल्बर्ट आइन्सटाइनको पीडा तरंग सिद्धान्त ‘पेन वेभ थ्यौरी’ (Pain Wave Theory), जसलाई ‘आइन्सटाइन पेन वेभ’ अर्थात ईपीडब्ल्यू पनि भनिन्छ । यो सिद्धान्तले भूकम्प जानुसँग संसारभरिका प्राणीको हत्याको सम्बन्ध छ भनेर मान्छ । जब जनावर, चरा, माछा आदि मारिन्छन्, तब ’emबाट निस्केको पीडा र चिच्चाहटले एउटा तरंग निम्त्याउँछ र त्यो तरंगसँगै भूकम्प जाने गर्छ । यसरी मारिने जनावरको रोदन र छटपटीले वातारणमा नेगेटिभ तरंग पैदा गर्छ । जसले क्रमशः वातावरणमा नकारात्मक ईपीडब्ल्यू जम्मा गर्दै जान्छ ।

युनिभसिर्टी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेका एकजना भारतीय विद्धान डा. मदनमोहन वजाजको एउटा पुस्तक छ –‘अ न्यू एप्रोच ।’ यो पुस्तकको रोचक पक्ष के छ भने यसमा उनले गणितीय गणना प्रयोग गरेर ईपीडब्ल्यूलाई प्रमाणित गर्ने प्रयास गरेका छन् । यस पुस्तकमा उनले कसरी जनावर मर्दाको कारणबाट एनिसोट्रपिक’ तनाव उत्पन्न हुन्छ र यसले कसरी भूकम्म निम्याउँछ भनेर वर्णन गरेका छन् ।

यही ईपीडब्ल्यूमा उभिएर गरिएको एउटा अध्ययनले के देखाउँछ भने संसारमा भएका करिब ५० लाखभन्दा बढी बधशालाहरुले गर्ने बधशैली अत्यन्तै पीडादायी छ । त्यस्तो बध हुने समयमा जनावरहरुको चित्कार, रोदन र छटपटिबाट निस्कने स्टे«स हार्मोनले वातावरणमा निकै गहिरो शोक तरंग पैदा गर्छ ।

जब प्रकृतिमा यस्ता ईपीडब्ल्यू तरंगहरुको अत्यधिक प्रवाह हुन्छ– तब प्रकृतिमा यसको असर देखिन थाल्छ । ठूला ठूला भूक्षय, ज्वालामुखी, भूकम्प, बाढी पहिरो, साम्प्रदायिक दंगा, व्यक्तिगत हत्या अनि ठूलाठूला माहामारीहरु एउटा सामान्य बधशालाको ५० वटा जनावरको हत्या गर्दा कम्तिमा हजार मेगावाट ईपीडब्ल्यू वेभ पैदा हुन्छ ।

त्यसैगरी संसारभरका ५० लाखभन्दा बढी बधशालाबाट प्रतिदिन ५० लाख करोड मेगावाट ईपीडब्ल्यू वेभ पैदा हुन्छ । यति ठूलो ईपीडब्ल्यू वेभले हाम्रो वातावरणलाई कसरी प्रभाव पारिरहेको होला ? र, यसले भविश्यमा देखाउने साइट इफेक्टहरु मानव समुदायका लागि निकै चुनौतिपूर्ण हुनेछन् ।

यदि अल्बर्ट आइन्सटाइनको यो सिद्धान्तलाई सही मान्ने हो भने के मानव समुदाय यस्ता डरलाग्दा घटनालाई रोक्न तयार छ त ?

वेभको सामान्य सिद्धान्त के हो भने– यसको उचाई एम्प्लिच्युडमा नापिन्छ । जति उचाइ बढछ, आवाज त्यतिकै कडा हुन्छ र एम्प्लिच्युड जति कम हुन्छ, आवाज पनि त्यति नै कम हुन्छ ।

एउटा स्वास्थ्य व्यक्तिले २० हर्ज देखि २० हजार हर्जसम्म मात्र सुन्न सक्छ । हाम्रो मस्तिस्कको बनोट यस्तो छ कि २० हर्जभन्दा कमको आवाज सुन्न सक्दैनौं । र, २० हजार हर्जभन्दा माथिको आवाज पनि सुन्न सक्दैनौं ।

उदाहरणका लागि चमेराजस्ता पंक्षीहरुले २० हर्जभन्दा कमको आवाज मज्जाले सुन्न सक्छन् भने २० हजार हर्जभन्दा माथिको आवाज एल्ट्रा साउण्ड हो । मानिसहरु बाहेक अधिकांश जनावरले यो आवाज सुन्न सक्छन् ।

त्यसैले प्रकृतिमा आउने भूकम्प जस्ता खतराहरुको पूर्व सूचनाहरु हाम्रो मस्तिस्कको बनोटले गर्दा हामीले थाहा पाउँदैनौं । तर, जनावर र पंक्षीहरुले पहिल्यै थाहा पाउँछन् । त्यसैले भूकम्प आउनुभन्दा पहिले कुकुरहरु भुक्छन्, कराउँछन । चराहरु कराउँदै सुरक्षित स्थानको खोजीमा बतासिन्छन् ।

हाम्रो यो मस्तिस्कको बनोटले कतै हरेक दिन बधशालाबाट निस्कने ईपीडब्ल्यू वेभसँग पनि त्यस्तै बेमेल राख्छ कि ? यदि त्यस्तो हो भने मानव सभ्यताका खतराका सूचकहरु हाम्रै वरिपरि छन् । र, ती हामीले थाहै नपाइकन आइपुग्छन् भन्नलाई अर्को तर्क प्रस्तुत गर्नुपदैन ।

अब प्रश्न उठछ–आइन्सटाइनको ईपीडब्ल्यू सिद्धान्तका पक्षपातीहरुले भनेजस्तै अहिलेको कोभिड –१९ महामारीको सम्बन्ध ईपीडब्ल्यू वेभसँग छ त ? किनकि यो माहामारी जसरी उत्पति भयो, त्यसरी नै नपत्याउँदो किसिमले फैलिएको छ । चीनको वुहान, युरोपका स्पेन र इटाली अनि इराक र अमेरिकाको न्यूयोर्कमा फैलिएको यो माहामारी मानिस–मानिसको सम्पर्कभन्दा छिटो फैलिएको छ । र, पहिलेदेखि सुरक्षित भएका मानिसहरु पनि अस्पताल पुगेका छन् ।

कतै यो पेन वेभ सिद्धान्त अन्तर्गतकै ईपीडब्ल्यू वेभको कारण त होइन ? फेरि अर्को कुरा, चीनको वुहानमा हजारौं चमेरा र अन्य प्राणीको हत्या र तिनको सम्पर्कबाटै सरेको यो भाइरसको मुख्य कारण प्राणीको विभत्स हत्या नै हो । त्यसैले आइन्सटाइनको ‘पेन वेभ थ्यौरी’कै कारण कोभिड –१९ महामारी संसारभर फैलिएको पो हो कि भन्ने तर्कलाई यतिबेला धेरै बल पुगेको छ ।

अन्त्यमा, हामीले जस्तै चराचुरुङ्गीहरुले पनि यो सुन्दर संसारमा निस्फिक्रीसँग उड्न पाउनुपर्छ । हामीले जस्तै हरेक जनावरले यो संसारमा निर्धक्कसँग बाँच्न पाउनुपर्छ ।

यो आकाश, यो धर्ति, यो हरियाली, यी पहाडहरु, यी तालतलैयाहरु अनि यो सुन्दर प्रकृति मानवका लागि मात्र होइन । सम्पूर्ण प्राणीका लागि हो ।

यसलाई दोहन गर्ने अधिकार पनि मानव जातिलाई छैन । जसरी हामीलाई पूरा जीवन बाँच्ने रहर हुन्छ, त्यस्तै रहर (कुनै दुर्घटना वा रोग बाहेक) हरेक प्राणीलाई पनि हुन्छ । अचेतन भए पनि यो सुन्दर पृथ्वी ती प्राणीहरुका लागि पनि हो ।

त्यसैले, हामीले ती सुन्दर जीवहरुको रक्षा गर्नुपर्छ । आइन्सटाइनको ‘पेन वेभ थ्यौरी’ भलै काल्पनिक भए पनि यस सिद्धान्तले अगाडि सारेका तर्क, प्रमाण र तिनका व्याख्याहरु आज पिँजडामा थुनिएका मानवहरुका लागि थप जिम्मेवारी चुनौति थपिदिएको छ ।

(चर्चित रेडियोकर्मी डियर कल्याण हाल अमेरिकाको न्युयोर्कमा छन् ।)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ