राष्ट्रिय समाचार स्वास्थ्य

कोरोना भाइरस : युरोपेली सङ्घमा आबद्ध मुलुकहरूमध्ये सबैभन्दा बढी मृत्यु हुने इटली पहिलो देश

युरोपेली सङ्घमा आबद्ध मुलुकहरूमध्ये कोरोनाभाइरसबाट ३० हजारभन्दा बढी मृत्यु हुने पहिलो देश इटली बनेको छ।

शुक्रवार थप २४३ जना व्यक्तिको ज्यान गएको छ जुन अघिल्लो दिनको भन्दा ३२ जनाले कम हो।

पछिल्लो मृत्युसँगै त्यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या ३०,२०१ पुगेको छ।

केही दिनअघि इटलीलाई उछिन्दै युरोपमा सबैभन्दा बढी मृत्यु हुने देश यूके बनेको थियो।

इटलीमा दैनिक देखिने नयाँ सङ्क्रमितको सङ्ख्या थोरैले कम भएर शुक्रवार १,३२७ जनामा सङ्क्रमण देखियो।

योसँगै त्यहाँ हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या २,१७,१८५ पुगेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ