अन्तराष्ट्रिय समाचार स्वास्थ्य

किमको स्वास्थ्यका विषयमा गलत समाचार छापिएको ट्रम्पको भनाइ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्यका विषयमा प्रकाशित समाचारलाई खारेज गर्दै सीएनएनको आलोचना गरेका छन् ।

‘त्यो समाचार गलत थियो,’ ट्रम्पले पत्रकारहरूलाई बताए । ‘उनीहरूले पुरानो दस्तावेजका आधारमा त्यो समाचार लेखेको भन्ने सुनेको छु ।’

किम सञ्चै छन् भन्ने विषयमा उत्तर कोरियाबाट सीधै खबर आएको चाहिँ ट्रम्पले बताएनन् ।

सीएनएनसँग ट्रम्पको सम्बन्ध पहिलेदेखि नै शत्रुतापूर्ण छ ।

उनले भने, ‘सीएनएनले झूटो खबर दियो ।’ कोरोनाभाइरस महाव्याधिका सम्बन्धमा दैनिक गर्ने ब्रीफिङमा ट्रम्पले भने । सीएनएनका पत्रकारको प्रश्न उनले लिन मानेनन् ।

सीएनएनले एक अज्ञात अमेरिकी अधिकारीको हवाला दिँदै किमको शल्यक्रियापछि स्वास्थ्य खतरनाक तरिकाले गम्भीर बनेको र वाशिङटनले निगरानी गरिरहेको समाचार सोमवार छापेको थियो ।

उत्तर कोरियाबाट भागेर आएकाहरूले चलाउने अन्लाइन मिडिया डेली एनकेले चाहिँ अप्रिल महिनाको शुरूतिर किमको मुटको शल्यक्रिया गरिएको र उनी नर्थ प्योनगान प्रान्तको एक भिल्लामा आराम गरिरहेको खबर दिएको थियो ।

किमले अत्यधिक धूम्रपान गर्ने गरेकाले, अत्यधिक मोटो भएकाले र थकानका कारण मुटुको शल्यक्रिया गराउनुपरेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ