अन्तराष्ट्रिय समाचार स्वास्थ्य

काेराेना सङ्क्रमणलाई ध्यानमा राख्दै पुटिनले उत्सव राेके, १ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित

रुसी सरकारले काेराेना भाइरसकाे बढ्दाे सङ्क्रमणलाई मध्यनजर गर्दै जर्मनमाथि रुसी सेनाकाे जितकाे ७५ औँ वर्षगाँठकाे कार्यक्रमलाई सीमित गरेकाे छ ।

राष्ट्रपति भ्लामिदिर पुटिनले गएकाे महिनामात्रै ‘भिक्ट्री डे’ समाराेहकाे माैकामा रेड स्क्वायरसम्म जाने एक ठूलाे परेडकाे आयाेजनालाई अघि बढाउने घाेषणा गरेका थिए ।

यस परेडमा रुसकाे उत्कृष्ट सैन्य प्रदर्शन र अभ्यास देख्न पाइन्छ । गएकाे वर्ष पुटिन राष्ट्रिय गर्वकाे अनुभूति गर्दै यस परेडकाे समाराेहमा विभिन्न देशका नेताहरु एकसाथ देखिएका थिए ।

तर नेताहरुकाे लाेकप्रियता जान्नका लागि गरिएकाे एक सर्वेक्षणमा पुटिनकाे लाेकप्रियता पछिल्लाे दुई दशकमा सबैभन्दा तल्लाेस्तरमा पुगेकाे र रुसकाे अर्थ व्यवस्था सङ्कटतर्फ अघि बढेकाे देखाएकाे छ ।

पुटिनले भिक्टरी डे समाराेहलाई निकै महत्तवपूर्ण बताउँदै काेराेना महामारी चलिरहेकाेले समाराेह मनाउनु निकै जाेखिमपूर्ण भएकाे बताएका छन् ।

रुसमा अहिलेसम्म एक लाख ९८ हजारभन्दा धेरैमा आठ सङ्क्रमण पुष्टि भएकाे छ भने एक हजार सात सय २३ जनाकाे ज्यान गइसकेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ