अन्तराष्ट्रिय राष्ट्रिय समाचार

कालापानी क्षेत्र’bout भारतीय सेनापतिको टिप्पणी : नेपालमा ‘अरू कसैका लागि’ लिपुलेकको विरोध

भारतका स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपालमा ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको टिप्पणी गरेका छन् । गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट लिपुलेक जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेसँगै नेपालले विरोध जनाएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार भारतको मनोहर पारिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसद्वारा आयोजित वेविनारमा सेनाध्यक्ष नरवणेले कालीनदीभन्दा पश्चिममा भारतले सडक निर्माण गरेको दाबी गर्दै त्यसमा विरोधको औचित्य नभएको जिकिर गरेका छन् ।

‘लिपुलेक सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । कालीनदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ । उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोर’bout विवाद छैन,’ उनले भनाइ छ । तर, नेपालले कसका लागि विरोध गरेको भन्नेचाहिँ नरवणेले नखुलाएको द इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएको छ ।

भारतका लागि नेपाली राजदूतले कालीनदी नेपालमा पर्ने दाबी गरेको उल्लेख गर्दै सेनाध्यक्ष नरवणेले भारतले कालीनदीभन्दा पश्चिममा संरचना बनाएकाले विवाद आवश्यक नभएको तर्क गरे । उनले सडक निर्माणको घटना भारत र चीनका सैनिकबीच सिक्किम र लद्दाखमा भएको झडपसँग सम्बन्धित नभएको पनि उल्लेख गरे । फौजको कमान्डर परिवर्तन हुँदा सिमानामा स–साना घटना हुनु स्वाभाविकै रहेको उनको तर्क थियो ।

सेनाध्यक्ष नरवणेले त्यस्तो जिकिर गरे पनि सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो र कालीनदी नै नेपाल–भारत सिमाना हो । सन् १८६० सम्मका नक्सामा पनि लिम्पियाधुरा नै कालीको मुहान छ । तर, त्यसपछि भारतले लिम्पियाधुराबाट बगेको कालीनदीको नाम कुटियाङ्ती राखिदिए र त्योभन्दा धेरै पूर्व अर्थात् नेपालकै भूमि लिपुलेकबाट बग्ने नदीलाई काली भनिदिए ।

यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको तीन सय १० वर्गकिलोमिटर नेपाली भूमिमा भारतले कब्जा जमाएको हो । १९६२ मा चीनसँगको लडाइँपछि भारतले कालापानीमा थप अतिक्रमण गरेर बंकरसहित आफ्नो सेना राखेको थियो । अहिले नेपाली भूमि हुँदै सडक निर्माण गरेको छ । नयाँ पत्रिकामा खबर छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ