अन्तराष्ट्रिय राजनीती राष्ट्रिय समाचार

कांग्रेसद्धारा निशर्त रिहा गर्न माग

उच्चस्तरीय कुटनीतिक पहल गर्न आग्रह

धरान, २९ बैशाखः नेपालको लिपुलेकमा भारतले सडक निर्माण गरी गरेको अतिक्रमणका विरुद्ध प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेपाली कांग्रेसका भातृ संस्था नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको निशर्त रिहा गर्न कागंग्रेसले माग गरेको छ ।

प्रदर्शनको क्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, वलदेव तिम्सिना र युवराज पाण्डे लगायत सयौं विद्यार्थी नेता तथा कार्यकर्ताहरु पक्राउ परेपछि विना शर्त रिहा गर्न सुनसरी कांग्रेसले माग गरेको हो ।

सुनसरी पार्टी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेद्धारा जारी गरिएको विज्ञप्तिमा कहिले नक्शा परिवर्तन गर्ने त कहिले दादागिरी शैलीमा नेपाली भूमि अतिक्रमण गर्ने भारतको कार्यको विरोध गर्दै देशको स्वाधिनता, अखण्डता, भूमि रक्षा र राष्ट्रियताका पक्षमा गरिएको प्रर्दशनमा सरकारको निर्देशनमा नेपाल प्रहरीद्धारा भएको हस्तक्षेपको समेत भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा देशका विभिन्न स्थानमा भारतीय अतिक्रमणका विरुद्ध तथा नेपाली भूमि र राष्ट्रियताको रक्षार्थ स्वस्फुर्त भएको प्रर्दशनका क्रममा पक्राउ परेका तमाम् राष्ट्रप्रेमी देशभक्त नेपाली यूवाहरुको निशर्त स–सम्मान रिहा गर्न समेत माग गरिएको छ । त्यसैगरी लिपुलेक अतिक्रमण प्रकरण लगायत देशका विभिन्न स्थानमा भारतले सीमा मिची नेपाली भूमि अतिक्रमण गरेको सम्बन्धमा उच्चस्तरीय कुटनीतिक पहल गरी दीर्घकालीन समाधान गर्न समेत आग्रह गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ