अन्तराष्ट्रिय समाचार स्वास्थ्य

औलो प्रभावित देशमा थोरैमात्र कोभिड-१९ का बिरामी भेटिएको डब्लूएचओको भनाइ

विश्व नै कोभिड–१९ सँग लडिरहेका बेला औलो प्रभावित देशमा थोरैमात्र कोभिड-१९ का बिरामी भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

आज विश्व अप्रिल २५ तारिख अर्थात् विश्व औलो दिवसक अवसरमा विश्व स्वास्थ्य संगठनले यस्तो जानकारी दिएको हो ।

संगठनले औलो रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेका स्वास्थ्यकर्मी र समुदायलाई कोभिड-१९ बाट जोगाउन दिगो प्रयासमा प्राथमिकता दिदै औलो विरुद्धका कार्यक्रम नरोक्न स्वास्थ्यकर्र्मी र समुदायसँग अपील गरेको छ । संगठनले सन २००८ देखि अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो ।

यसपटकको नारा ‘शून्य औलो मैबाट सुरु हुन्छ’ तय गरिएको छ । सन २०१८ को तथ्याङक अनुसार विश्वका ८९ देशमा औलोका बिरामी भेटिएपनि नाइजेरिया, कंगो, युगान्डा, मोजाम्बिक र नाइजरमा औलोका धेरै बिरामी छन ।

यो रोग सङ्क्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका अ‍ैलोको उच्च जोखिममा रहने गरेका छन् । वर्षायामसँगै सुरु हुने औलोको जोखिम असार मध्येदेखि मंसिरसम्म उच्च हुने डाक्टरको भनाइ छ ।

धेरै टाउको दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, हात–खुट्टा, जोर्नी दुख्नु, थकान तथा कमजोरी महसुस हुनु, शरीरमा रगतको कमी हुनु, कम्पन हुनु, ज्वरो आउनु र ज्वरो घटेपछि थाकेको महसुस हुनु औलोका लक्षण हुन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ