राजनीती राष्ट्रिय समाचार हिंसा

एनप्याब्सनका उपाध्यक्षको हत्याको छानबिन माग गर्दै कैलालीमा आज पनि र्‍याली

लकडाउनकै बीच आज पनि कैलालीको मसुरियामा स्थानीयले र्‍याली निकालेका छन्।

यसअघि मृत भेटिएका निजी विद्यालयको संगठन (एनप्याब्सन) का केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको हत्या भएको भन्दै उनीहरूले सो घटनाको छानबिन गर्न माग गर्दै र्‍याली निकालेका हुन्।

विद्यार्थीहरूसहित उपस्थित र्‍यालीमा शिक्षक, अभिभावकको पनि उपस्थिति थियो।

उनीहरूले पूर्वपश्चिम महेन्द्रनगर राजमार्गमा अत्यावश्यक मालवाहक सवारी साधनलाई समेत केहीबेर अवरोध पुर्‍याएका थिए।

भुसालको हत्या गरिएको भन्दै घटना’bout निष्पक्ष छानबिन गर्न स्थानीयले माग गर्दै दुई दिनदेखि दवाब दिइरहेका छन्।

उनीहरूले आइतबार पनि मसुरिया बजारमा र्‍याली निकालेका थिए।

वैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० मा उनी मृत अवस्थामा भेटिएका थिए।

गौरीगंगा नगरपालिका ९ मा बस्ने उपाध्यक्ष भुसालको हत्या गरिएको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिइसकेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ