राजनीती राष्ट्रिय समाचार

एनटिभी र रेडियो नेपालमा क–कसको हुँदैछ नियुक्ति ?

सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन र रेडियो नेपालका विभिन्न पदमा नियुक्तिको तयारी भएको छ । त्यस्तै सञ्चार मन्त्रालयको प्रेस सल्लाहकार पदमा पनि नियुक्ति गर्ने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

श्रोतका अनुसार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा मन्त्रालयको प्रेस सल्लाहकारमा पत्रकार टंक पन्तलाई नियुक्ति गर्ने अन्तिम तयारी भएको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पन्तलाई सञ्चार मन्त्रालया नियुक्ति दिएर मन्त्री खतिवडाले नेता नेपालको विश्वास जित्न खोजेको नेकपा निकट पत्रकारहरुबीच चर्चा चलेको छ ।

त्यसैगरी रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको ठाउँमा पत्रकार गोपाल खनाललाई ल्याउने तयारी भएको छ । कार्कीलाई केही दिनअघि डा बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकरणपछि स्पस्टीकारण सोधिएको थियो ।

झापा निवासी खनाल गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक हुन् । सञ्चारमन्त्री खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लाका खनाल प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भटराईको नातमा साढुभाइ पर्छन् ।

त्यसैगरी नेपाल टेलिभिजनको रिक्त बोर्ड सदस्य पदमा योहो टेलिभिजनमा कार्यरत सम थापालाई नियुक्ति गर्ने तयारी भएको छ । एनटिभीमा थापालाई नियुक्ति गर्ने तयारी भएपछि सत्तारुढ दल निकट प्रेस संगठनका पत्रकारहरु असन्तुष्ट बनेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ