अन्तराष्ट्रिय समाचार

इटालीको अर्थतन्त्र : चरम संकटतर्फ उन्मुख

ईयु अन्तर्गत इटालीको अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव परेको छ । इटाली युरोपको संस्थापक राष्ट्रका साथै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकसमेत हो । इटाली अहिले नै आर्थिक रुपमा अप्ठेरो अवस्थामा पुगिसकेको छ । युरोजोनमा पर्ने देशहरुमध्ये इटालीको सार्वजनिक ऋण सबैभन्दा धेरै रहेको छ । संसारभरका देशहरुमध्ये सार्वजनिक ऋणमा इटाली तेस्रो स्थानमा छ । यसको मतलव संकटको अवस्थामा रकम बढाउन कठिन अवस्थामा इटाली रहेको छ । युरोजोनका जुनसुकै मुलुकमा समस्या आउँदा पनि ईयुको वित्तीयबजारमा अस्थिरता आउँछ । ग्रीस संकटमा हुँदा पनि ईयुमा यस्तै अस्थिरता देखिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ