अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

इंग्लिस प्रिमियर लिग : दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प

इंग्लिस प्रिमियर लिगको यो सिजन सम्पन्न गर्नका लागि दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प रहेको निस्कर्ष क्लबहरुको बैठकले निकालेको छ ।

शुक्रबार राति भएको २० वटा क्लब र सरकारी पदाधिकारी बीचको भिडियो कन्फ्रेन्समा बढिमा १० वटा रंगशाला प्रयोग गरेर यो सिजनको लिग सम्पन्न गर्न सकिने निस्कर्ष निकालिएको हो । त्यसका लागि खेलाडी र स्टाफलाई ४० हजार टेष्ट आवश्यक रहेको बताइएको छ ।

प्रिमियर लिगमा ९२ खेल खेल्न बाँकी रहेको छ । लिग हुँदा रंगशालाहरु बन्द हुनेछन् । लिग कसरी सुरक्षित र उचित तरिकाले गराउन सकिन्छ भनेर कमिटी पनि गठन गरिएको छ ।

छलफलमा मेडिकल विशेषज्ञ र अरु खेलकुदका पदाधिकारीको पनि सहभागिता रहेको थियो । त्यसमा सुरुवातमा फुटबल लिग र प्रशिक्षकका ’boutमा बढि छलफल भएको बीबीसीले जनाएको छ ।

प्रिमियर लिगले सरकारको नियम अनुसार क्लवहरुले प्रशिक्षणमा फर्कनुपर्ने भनेर विज्ञप्ति निकालेको छ । त्यसका लागि क्लबहरुले मेडिकल प्रोटोकलमा हस्ताक्षर गर्नुपर्ने भएको छ । मार्च १३ तारिखबाट स्थगित रहेको प्रिमियर लिगका केही क्लबले प्रशिक्षण सन्चालन पनि गरिसकेका छन ।

खेलाडी प्रशिक्षण गर्दा किट्स लगाएर आउनुपर्ने र अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम मेडिकल प्रोटोकलमा राखिएको छ ।

यसका साथै प्रशिक्षणका बेला खेलाडीले नुहाउने वा खाना खाने काम गर्न पाउनेछैनन । यदि क्लवले खेलाडीलाई खाने व्यवस्था गर्न चाहेमा बोकेर लान मिल्ने व्यवस्था गर्नुपर्ने बताएको छ । आवश्यक मेडिकल औषधीहरु मात्र लिन पाइने भएको छ भने सबै मेडिकल स्टाफहरु पुरै पीपीईमा हुनुपर्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ