अन्तराष्ट्रिय समाचार हिंसा

आन्ध्र प्रदेश : रासायनिक उद्योगमा ग्यास लिक हुँदा कम्तीमा ९ जनाको ज्यान गयो

भारतको आन्ध्र प्रदेशको विशाखापटनमा रहेको एक रासायनिक उद्योगमा ग्यास लिक हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ ।

घटनामा अन्य दुई सय जना बिरामी परेका छन् । ग्यास लिक हुँदा बिरामी भएका दुई सय मध्ये ८६ जनालाई भेन्टिलेटरमा राखिएको खबरमा उल्लेख छ । तीन जनाको घटनास्थलमै र अरु ६ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।

प्रहरीले ग्यास प्लान्ट आसपासको पाँच वटा गाउँ खाली गराएको छ । भएका व्यक्तिमा आँखा पोल्ने, श्वासप्ररश्वासको समस्या भएको छ । मानिस सुतिरहेका बेला ग्यास लिक भएकाले धेरै जनालाई असर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म ग्यास लिक हुनुको कारण थाहा भएको छैन । तर प्लान्टको व्यवस्थापकविरुद्ध उजुरी दर्ता भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ