अन्तराष्ट्रिय शान्ति समाचार

आणविक क्षमता वृद्धि’bout छलफल गर्दै किम

अमेरिकासँगको निःशस्त्रीकरण वार्तामा ढिलाइ भइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक क्षमता वृद्धिका लागि नयाँ नीतिका विषयमा सैन्य अधिकारीसँग छलफल गरेका छन् ।

पछिल्लो तीन सातायता किम सार्वजनिक रुपमा यसरी देखिएको यो पहिलो अवसर हो । उनी अन्तिमपटक १ मेमा सार्वजनिक भएका थिए ।

पछिल्ला दुई महिनामा कोरोनाभाइरसको चिन्ताका कारण उनी निकै कम मात्र बाहिर निस्किएका छन् । उत्तर कोरियामा कोरोना भाइरसबाट बच्नका लागि कडाइ गरिएको छ, यद्यपी अहिलेसम्म कोरोनाको संक्रमण देशमा नदेखिएको उसको दाबी छ । गत महिना आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्तीमा उनी उपस्थित नहुँदा सामाजिक सञ्जालमा उनको मृत्यु भइसकेको हल्लासमेत फैलिएको थियो ।

गत वर्षयता अमेरिका र उत्तर कोरियाबीचको निःशस्त्रीकरण सम्बन्धी वार्तामा निकै कम प्रगती भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो अझै ओझेलमा छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार बैठकमा सैन्य दस्ताको प्रवद्र्धन गर्ने र शत्रु तर्फबाट हुने साना वा ठूला खतरालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ