आर्थिक समाचार

आजदेखि बैंक तथा वित्तिय सस्थाका सबै शाखा संचालनमा

सरकारले लकडाउन थप गरेपनि बैंक तथा वित्तीय संस्थाले शुक्रबार (आज) देखि सबै शाखा संचालन गर्ने भएका छन् । तर, बैंकहरुले कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।

सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले वश्वव्यापी रुपमा फैलिएको छ । नेपालमा पनि यस संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेदेखि नेपाल भर लकडाउन लगाएको छ । त्यसपछि बैंक तथा वित्तीय संस्थाले हरेक बार फरक फरक शाखा सञ्चालन गर्दै आएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ