आर्थिक समाचार

आईपीओ आउन लागेको ग्लोबल आईएमई लघुवित्तको नाफा १०७ प्रतिशतले बढ्यो, ईपीएस कति ?

आईपीओ ल्याउने तयारीमा रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको चैत मसान्तसम्म रु. ८ करोड ४६ लाख ६३ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।

लघुवित्त यो नाफा गत आवको सो अवधीको १०७ प्रतिशतले बढी हो । गत आवको सो अवधी लघुवित्तले ४ करोड ८ लाख २४ हजार खुद नाफा कमाएको थियो ।

हालसम्म लघुवित्तले रु. १ अर्ब ३० करोड ६८ लाख डिपोजीट संकलन गरेको छ । साथै, लघुवित्तले रु. ३ अर्ब ८९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ ।

प्रवाहित कर्जाबाट लघुवित्तले ९ महिनामा रु. ४७ करोड ८४ लाख ४० हजार व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने १७ करोड ७० लाख ९५ हजार रहेको छ ।

हाल लघुवित्तको चुक्तापुँजी २५ करोड ९५ रुपैयाँ रहेको छ । लघुवित्तले आफ्नो जगेडा कोषमा रु. १७ करोड १० लाख रकम जम्मा गरेको छ । वित्तिय विवरण अनुसार लघुवित्तको प्रति शेयर आम्दानी ४३.४९, मुल्य आम्दानी अनुपात २५.७५, प्रतिशेयर नेटवर्थ १६५.८८, तरलता अनुपात १३.२९ प्रतिशत र प्रति शेयर कुल सम्पत्तिमा प्रतिफल १८५६.७६ रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ