समाचार हिंसा

आँपको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु

आँपको हाँगा भाँचिएर लाग्दा बाँकेमा एक बालिकाको मृत्यु भएको छ।

जानकी गाउँपालिका गनापुरस्थित बुढियागाउँकी १० वर्षीया बालिका नजिमन खाँ शौच गर्न गएको अवस्थामा आँपको हाँगो भाँचिएर लागेको थियो।

इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएअनुसार हाँगो लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिए पनि बिहान सवा ८ बजे मृत्यु भएको हो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ