अन्तराष्ट्रिय समाचार

अलास्काको पत्रिकाले जित्यो सामाजिक सेवातर्फको पुलित्जर पुरस्कार, पहिलोपटक ‘अडियो रिपोर्टिङ’ पुरस्कृत

‘द एन्कोरेज डेली न्यूज’ र ‘प्रोपब्लिक’ले यस वर्षको सार्वजनिक सेवा पत्रकारिता पुरस्कार जितेको छ। उनीहरू अलास्काका एक तिहाई गाउँमा प्रहरी सुरक्षा नभएको समाचारका लागि पुरस्कृत भएका हुन्।

ब्रेकिङ न्यूज फोटोग्राफीतर्फको अवार्ड भने रोयटर्सका फोटो पत्रकारले जितेका छन्। गत वर्ष हङकङमा भएका हिंसात्मक प्रदर्शनको फोटोका लागि उनले सो अवार्ड जितेका हुन्।

यस्तै ‘ब्रेकिङ न्यूज’तर्फको अवार्ड ‘द कुरियर-जर्नल इन लिइसभेली’, केन्टकीले जितेको छ। उसले अन्तिम समयमा गभर्नर माट बेभिनले दिएको माफीको सजाय सम्बन्धि समाचारका लागि अवार्ड जितेको हो।

यस्तै खोज पत्रकारिताको पुरस्कार न्यू योर्क टाइम्सका ब्रायन रोजेनथलले जिते। उनले कसरी न्यू योर्क शहरका ट्याक्सी ड्राइभरहरू कसरी घातक ऋणको पासोमा पर्छन् भन्ने ’boutमा खुलासा गर्ने समाचारका लागि उक्त पुरस्कार पाएका हुन्।

यसैगरी पहिलोपटक अडिओ समाचारका लागि पुलित्जर पुरस्कार प्रदान गरिएको छ।

यो पुरस्कार ‘दिस अमेरिकन लाइफ’ सहित लस एन्जल्स टाइम्स र भाइस न्यूजलाई दिइएको छ। उनीहरूलाई मेक्सिको-अमेरिका सिमामा ट्रम्प प्रशासनले रोकेका दशौं हजार आप्रवासीको अवस्थामाथि गरेको रिपोर्टिङका लागि पुरस्कृत गरिएको हो।

यस्तै ‘व्याख्यात्मक पत्रकारिता पुरस्कार’ वासिङटन पोष्टले पाएको छ।

उसले विश्वका विभिन्न भु-भागमा २ डिग्री तापक्रम बढेपछि त्यहाँका मानिसहरूमा परेको प्रभावका ’boutमा बनाएका सिलसिलेवार वृत्तचित्रका लागि सो पुरस्कार जितेको हो।

यस्तै प्यालेस्टाइनको प्यालेस्टाइन हेराल्ड-प्रेसका सम्पादक जेफरी गेरिटले पर्याप्त स्वास्थ्य उपचारको अभावमा जेलमा कैदीहरू कसरी मरे भन्ने ’boutमा लेखेको सम्पादकियका लागि ‘सम्पादकीय लेखन पुरस्कार’ पाएका छन्।

पुलित्जरले सात पुस्तक, नाटक र संगीतलाई पनि पुरस्कार दिनेगर्छ।

पत्र, संगीत र नाटकका कोल्सन ह्वाइटहेडको उपन्यास ‘द निकल ब्वाइज’ पुरस्कृत भएको छ। संगीत पुरस्कार ‘द सेन्ट्रल पार्क फाइभ’ जितेको छ।

अमेरिकी पत्रकारिताको सबैभन्दा प्रतिष्ठित पुरस्कार पुलित्जर पुरस्कार सन् १९१७ देखि शुरु भएको हो।

सामान्य वर्षहरूमा पुरस्कारहरू न्यू योर्कको कोलम्बिया विश्वविद्यालयमा घोषित हुन्थ्यो।

पुलित्जर बोर्डका १८ जना सदस्य कोरोना भाइरसको रिपोर्टिङमा व्यस्त भएकाले सोमबारको घोषणा दुई साताका लागि स्थगित गर्नुपरेको थियो।

यस वर्षको पुरस्कार विजेताको घोषणा सोमबार पुलित्जर पुरस्कारकी व्यस्थापक डाना क्यानेडीले आफ्नो बैठक कोठाबाट भिडियो मार्फत विजेता गरेकी थिइन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ