आर्थिक राष्ट्रिय समाचार

अर्थतन्त्रमा कुन क्षेत्रको योगदान कति ? विगत १० वर्षमा नेपालको आर्थिक वृद्धिदर यस्तो छ

नेपालको अर्थतन्त्रमा कुन क्षेत्रले कति योगदान दिएको होला ? यसमा सबैको चासो हुनु स्वभाविक हो ।

यस विषयमा अध्ययन गर्ने सरकार मातहतकै एक संस्थाले कुन क्षेत्रको अर्थतन्त्रमा कति योगदान छ भनेर एक प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोनाको कारण धेरैजसो क्षेत्रको योगदान बढ्ने संकेत देखिएको छैन ।
यद्यपि पछिल्लो समय कुल ग्राहस्र्थ उत्पादनमा सेवा क्षेत्रको योगदान बढेर भने गएको छ । चालु वर्ष यो क्षेत्रको योगदान ५८.८ प्रतिशत हुने सरकारको प्रारम्भिक अनुमान छ । यस क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायीक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य, सामुदायिक, सामाजिक सेवा पर्दछन् ।

यस क्षेत्र अन्र्तगतको होटल रेष्टुरेन्ट तथा हवाई यातायातमा कोभिड महामारीले प्रत्यक्ष असर गरेकाले अर्थतन्त्रमा यसको योगदान घट्ने आंकलन केन्द्रिय तथ्यांक विभागको छ । यता कृषि बन, मत्य तथा खानी क्षेत्रको अर्थतन्त्रमा २८.२० प्रतिशत योगदान रहेको छ ।

यो योगदान केही घट्ने देखिएको छ । धान उत्पादनमा आएको कमी र कोरोनाले आपूर्ति व्यवस्था सहज नहुँदा कृषि उत्पादन घट्ने देखिएको छ । विद्युत ग्यास पानीले कम योगदान दिएको देखिन्छ । कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रले १.४१ प्रतिशत योगदान दिने आंकलन छ । यता निर्माण क्षेत्रले देशको अर्थतन्त्रमा ७.२३ प्रतिशत योगदान दिएको छ ।

कुन क्षेत्रको अर्थतन्त्रमा कति योगदान छ ?

वि.सं. २०६२÷६३ को जनआन्दोलन पछि नेपालमा २.७५ प्रतिशतको आर्थिक बृद्धिदर भएको थियो । यो ०६३÷०६४ को आर्थिक बृद्धिदर हो । त्यस्तै २०६४÷०६५ मा आर्थिक बृद्धिदर ह्वात्तै बढेर ५.८ प्रतिशत पुगेको त्यसयता सबैभन्दा बढी आर्थिक वर्ष २०७३÷७४ मा आर्थिक बृद्धिदर ७.७४ प्रतिशत भएको थियो ।

कुन आर्थिक वर्ष कति वृद्धि भयो ?

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ