अन्तराष्ट्रिय आर्थिक समाचार स्वास्थ्य

अमेरिकी स्वास्थ्य सहयोग लिन रुस तयार

कोरोना भाइरसको महामारीसँग जुध्न रुसले अमेरिकी स्वास्थ्य सहयोग स्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकासँग मेडिकल सहयोग लिन तयार भएको बताए।

रोयटर्सका अनुसार ट्रम्पले कोरोना महामारीविरुद्धको जारी लडाईँमा रुस थप संकटमा पर्दै गएको बताएका छन्।

आज बिहानसम्मको तथ्यांकअनुसार कोरोनाको उच्च संक्रमणमा परेका जर्मनी र फ्रान्सलाई समेत पछि पार्दै रुस अति प्रभावित ५ देशको सूचीमा आएको छ।

केही समयअघि रुसले अमेरिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो। अहिलेसम्म रुसमा कोरोनाबाट १ लाख ७७ हजार १ सय ६० जना संक्रमित भएका छन्।

त्यहाँ मृत्यु हुनेको संख्या १६ सय भन्दा बढी छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १३ लाख नजिक पुगेको छ।

मृतकको संख्या ७७ हजार नजिक पुगेको अधिकारीहरुले जनाएका छन्। अमेरिकामा हिजो २१ सय भन्दा धेरैको मृत्यु भएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ