अन्तराष्ट्रिय राजनीती समाचार

अमेरिकामा राष्ट्रपति र सभामुखबीचको दन्तबझान जारी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीलाई ‘थुप्रै मानसिक समस्या भएकी बिरामी महिला’ भनेका छन् ।

त्यसअघि पेलोसीले ट्रम्पलाई ‘भुँडी फुट्ने गरी उक्सिएको मोटे’ भनेकी थिइन् ।

यी दुईबीचको झगडाको लामै इतिहास भए पनि अहिलेको विवाद चाहिँ कोरोनाभाइरसको उपचारका लागि ट्रम्पले लिएको हाइड्रोक्सीक्लोरोक्विनको विषयमा हो । औलोविरुद्धको यो औषधि चिकित्सकीय निगरानी विना लिँदा मानव शरीरलाई खतरा हुने भनी विज्ञहरूले बताएपनि शत्रुहरूले यसलाई खतरनाक बताएको ट्रम्पको दाबी छ ।

‘पेलोसी बिरामी महिला हुन् र उनमा धेरैथरी मानसिक समस्या छन्,’ ट्रम्पले सिनेटका रिपब्लिकन नेताहरूसँगको दिवाभोजमा जाँदै गर्दा भने ।

उता पेलोसीले सीएनएनसँग कुराकानी गर्दै ‘भुँडी फुट्ने गरी उक्सिएका मोटे’ राष्ट्रपतिले दिनदिनै हाइड्रोक्सीक्लोरोक्विन खाएर स्वास्थ्यलाई खतरामा पारेको बताइन् ।

राष्ट्रपतिले औषधि लिएको विषयलाई प्रतिरक्षा गर्दै यस औषधिको खतराका विषयमा गरिएको अनुसन्धान निष्कर्ष ट्रम्पको शत्रुले दिएको बयान भएको टिप्पणी गरेका थिए ।

अप्रिल महिनामा भेटरन्स हस्पिटल्समा गरिएको अध्ययनमा यो औषधि लिनेहरूमा मृत्युदर उच्च रहेको पाइएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ