अन्तराष्ट्रिय समाचार स्वास्थ्य

अमेरिकामा मृत्युदर घट्यो, रुसमा दैनिक ११ हजारमा संक्रमण

रुसमा तीब्ररुपमा फैलिँदै गएको कोरोनाका कारण दैनिक ११ हजारमा संक्रमण देखिन थालेको छ। त्यहाँ एक हप्तादेखि दैनिक ११ हजारको हाराहारीमा संक्रमण देखिन थालेको हाे।

संक्रमितको संख्या २ लाख नाघेको छ। रुसमा हालसम्म १ हजार ९ सय १५ को ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार अमेरिकामा भने मृत्यु दर घट्दै गएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ५० जनाले मात्र ज्यान गुमाएका छन्।

यस अघि लगभग तीन हजारसम्म अमेरिकामा कोरोनाका कारण मृत्यु हुने गरेको थियो। अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार ७ सय ८७ पुगेको छ भने १२ लाख ६७ हजार संक्रमित छन्। स्पेनमा २ लाख ६४ हजारमा संक्रमण देखिएको छ भने ४६ हजार ६ सय २१ संक्रमित छन्।

त्यहाँ २६ हजार ६ सय २१ जनाको मृत्यु भइसेको छ। बेलायतमा २ लाख १९ हजार १ सय ८३ जनामा संक्रमण देखिएको छ। त्यस्तै बेलायतमा ३१ हजार ८ सय ५५ मा संक्रमण छ। इटालीमा ३० हजार ५ सय ६० को मृत्यु भएको छ त्यहाँ २ लाख १९ हजारमा संक्रमण देखिएको छ।

विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७८ हजार भन्दा माथि पुगेको छ। विश्वभर २ लाख ८३ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ। विश्वभर १४ लाख ९० हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ।

त्यहाँ २ लाख ५६ हजार ३ सय ३६ संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ७६ हजार ४ सय स्पेनमा १ लाख ५ हजार १ सय ८६, इटालीमा संक्रमणमुक्त भएका छन्। नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ