अन्तराष्ट्रिय शान्ति समाचार

अफगानिस्तानको पूर्वी प्रान्तमा झडप १८ को मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाले ज्यान गुमाएका छन् ।

यस झडपमा ज्यान गुमाएकाहरु ३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी रहेको एक विज्ञप्तिमा उल्लेख छ । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा आक्रमण गर्ने क्रममा उक्त झडप भएको बताइएको छ ।

झडपमा क्रममा १५ लडाकूको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका समाचारमा जनाइएको छ । यस झडपमा ३ सैनिकले ज्यान गुमाए भने, अन्य दुई जना घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

आफ्ना १५ लडाकू मारिएपछि लोगार प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ